×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहलाई संसदबाटै रास्वपा सांसद झाको समर्थन, भने- ‘भृकुटीमण्डपको शैक्षिक मेला रोक्नु महानगरको अधिकार हो’

PRIME CA

बालेन शाहलाई संसदबाटै रास्वपा सांसद झाको समर्थन, भने- ‘भृकुटीमण्डपको शैक्षिक मेला रोक्नु महानगरको अधिकार हो’

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भृकुटीमण्डपमा आयोजना गरिएको शैक्षिक मेला बन्द गर्नु काठमाडौं महानगरपालिकाको अधिकार भन्दै सर्मथन गरेका छन् । शिक्षा मन्त्रालयले अनुमति दिएर आयोजना गरिएको मेला महानगरले रोकेको भन्दै एमाले सांसदलले सदनको ध्यानाकर्षण गराए लगत्तै सांसद झाले त्यसप्रति आपत्ति जनाएका हुन् ।

‘हामी विनीयोजन विधेयकमाथिको छलफलमा छौं । एकजना माननीय ज्यू रोष्टममा पुगेर रोकिनु भएको छ । मेला रोकिएको हिजो नै हो, आज होइन । सदन नै किन रोक्ने ।’, उनले भने, ‘हामी त नयाँ छौँ तर सदनमा पुरानो दलले के सिकाउन खोज्दैछ हामीलाई ? त्यसैले यसमा मेरो घोर आपत्ति छ ।’

त्यस्तै, उनले मेला रोक्ने महानगरपालिको निर्णय नियमसंगत भएको समेत दाबी गरेका छन् । ‘हिजो नै रोकिएको मेला, त्यो पनि स्थानीय निकायको नियमावली अनुसार नै रोकिएको छ ।’, उनले भने, ‘त्यो कुरामा अहिले हाम्रो माननीय सदस्यलाई बोल्न रोकेर यो मुद्दा ल्याउन अनावश्यक र अमर्यादित देखियो यसमा घोर आपत्ति छ ।’

राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद गणेश पराजुली विनियोजित बजेटबारेको छलफलमा भाग लिन रोष्टममा जाँदै गर्दा एमाले सांसदले चलिरहेको शैक्षिक मेला महानगरले रोकेको भन्दै आपत्ति जनाएपछि अन्य केही सांसदलेसमेत उनको ध्यानाकर्षण नियमसंगत नभएको भन्दै आपत्ति जनाएका हुन् । काठमाण्डौको भृकुटीमण्डपमा हिजो बिहीवारदेखि सुरु भएको शैक्षिक मेला काठमाण्डौ महानगरपालिकाले बन्द गराएको थियो । माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो । माध्यमिक विद्यालय सङ्घ हिसानले आयोजना गरेको मेला बन्द गर्न महानगरको शिक्षा विभागका अधिकारीहरू नगर प्रहरीसहित भृकुटीमण्डपमा पुगेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: