×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नमस्ते पेले ल्यायो बम्पर अफर, भाग्यशाली विजेताले ल्यापटप र स्कुटर जित्ने मौका

PRIME CA

नमस्ते पेले ल्यायो बम्पर अफर, भाग्यशाली विजेताले ल्यापटप र स्कुटर जित्ने मौका

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याक को साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।

उक्त अभियान अन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले laptop र Scooter जित्ने मौका पाउनेछन् । अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ । साप्ताहिक अफरहरू जस्तै Smart watch, Travel Package र उडान टिकटमा १००% क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्नु पर्नेछ ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, 1GB डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन् । यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै KYC प्रमाणित गर्नु पर्नेछ।

नमस्ते पे  नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: