काठमाडौँ । सेयर लगानीकर्ताका नेता नयन बास्तोलाले सरकारले ल्याएको नीति परिवर्तन हुनैपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित लगानीकर्ताको प्रदर्शनका क्रममा अर्थ सरोकारसँग बोल्दै उनले सरकारले ल्याएको नीति परिवर्तन नभएको खण्डमा बजार ध्वस्त हुन सक्ने भन्दै यसतर्फ सम्बन्धित सबैले ख्याल गर्नुपर्ने बताएका छन् ।
‘सरकारले ल्याएको नीति परिवर्तन भएन भने बजार ध्वस्त हुन्छ, भएको सेयर पनि बेच्न नसक्ने अवस्था आउँछ’ बास्तोलाले भनेका छन्, ‘लगानीकर्ताको हितका लागि कुनै पनि हालतमा यो नीति परिवर्तन हुनुपर्छ ।’
उनले अहिलेको आर्थिक विधेयकले गरेको व्यवस्थाले समग्र सेयर बजारलाई सार्है ठुलो हानी गर्ने र यसले बजारमा ठुलो नकारात्मक असर गर्नेसमेत बताएका छन् । अहिले लगानीकर्तालाई लदाउन खोजिएको नयाँ कर नीतिले बजारबाटै लगानीकर्ता पलायन हुने स्थिति आउनेसमेत उनको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्