Skip to content
LAXMI SUNRISE BANK

‘बजेटले नेपालीको थाप्लोमा थप पाँच खर्ब ऋण थप्यो’

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले ल्याएको बजेटले नेपालीको थाप्लोमा ५ खर्ब ऋण अझै थपेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद गिरीले बजेटमा भएको विभेदकारी निर्णयप्रति आपत्तिसमेत जनाएका छन् । भौतिक पूर्वाधार विकासको ठूलो हिस्सा प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा हालेको आरोप लगाउँदै गिरीले त्यसप्रति आक्रोश व्यक्त गरेका छन् ।

‘नेपालीको टाउकोमा २१ खर्ब ऋणको भारी छँदै थियो, अहिलेको बजेटले अर्को ५ खर्ब थपेको छ ।’, सांसद गिरीले भने, ‘ऋणको भारी चाहींँ सबै नेपाली जनताको टाउकोमा थोपर्नु पर्ने अनि विकास चाहिँ प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका ठूला नेताको निर्वाचन क्षेत्रमा खर्च गर्नुपर्ने ।’

त्यस्तै, सांसद गिरीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै बजेटले थुपारेको ऋणको भार नेपाली जनताले बोक्न नसक्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK