×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्धित जुवा प्रकरणः म्याकुरी र भटभटे माइला पनि पक्राउ

PRIME CA

प्रतिबन्धित जुवा प्रकरणः म्याकुरी र भटभटे माइला पनि पक्राउ

३२ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को प्रचारप्रसार गरेको आरोपमा पवन खतिवडा (म्याकुरी) र वेगम नेपाली (भटभटे माइला) पक्राउ परेका छन् । अनलाईन जुवा खेल्ने र खेल्न प्रोत्साहित गर्ने गरी विज्ञापन गरेको आरोपमा उनीहरुलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

म्याकुरी र भटभटे माइलासँगै प्रहरीले ‘बल्छी ध्रुवे’ भनेर चिनिने मरिचमान श्रेष्ठ र ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उनीहरुविरुद्ध युट्युबमार्फत ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोप लागेको छ । युट्युबमा पनि उनीहरुले प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ भन्दै विज्ञापन गरेको देखिन्छ । बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरुले ६३ वटा विभिन्न खाता खोलेर ६४ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: