काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार भएको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पशुपतिको जलहरी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
पशुपतिनाथमा चढाइएको जलहरीको विषयमा प्रश्न उठेपछि थापा प्रष्टीकरण दिनका लागि समितिको बैठकमा पुगेका थिए । तर, उनले उक्त प्रकरणमा कुनै पनि संलग्नता नभएको दाबी गर्दै आफूलाई समाजमा ‘सुन चोर’ भनेर चिनाइएको भन्दै गुनासो गरे ।
यतिसम्मकी उनी बैठकमै प्रष्टीकरण दिँदा दिँदै पटक पटक रोए । उनले पशुपतिको जलहरीमा एकरति पनि भ्रष्टाचार नभएको दाबी गर्दै दोषी ठहर भए मृत्युदण्डको सजाय दिएपनि भोग्न तयार रहेको बताएका छन् । ‘सुनको जलहरीको न्याय माग्न मैले पनि आत्महत्या गर्नुपर्ने हो ? म यो सुनको जलहरीको समितिको संयोजक हो, यसमा नेपाल राष्ट्र बैंकले गरेको सम्झौता अनुसार हामीले सुन ल्याएका छौँ ।’, उनले भने, ‘१०३ केजी सुन आएको छ । हामी राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो, राज्यले जे निर्देशन दिन्छ, त्यही गर्दा हामीले गल्ती गरेका हौं र ?’
‘१० केजी सुन पुगेन भने म मृत्युदण्ड लिन पनि तयार छु । आज मेरो गाँउभरि बेईज्जत भयो, मेरो दुई जना सन्तान छन् ।’, थापाले रुँदै भने, ‘म कमजोर होईन् तर राज्यले मलाई कमजोर बनाएको छ ।’ साथै थापाले नेपाली सेनाको निगरानीमा जलहरी निर्माण गरिएकोले सुन कम भए सेनाले पनि दोष भोग्नु पर्ने बताएका छन् । ‘अर्को कुरा नेपाली सेनाको विश्वास गर्ने कि नगर्ने ? सुनको जलहरीमा नेपाली सेनाको २४ घन्टा निगरानी थियो । सेनालाई विश्वास गर्ने कि नगर्ने ?’, बैठकमा प्रश्न गर्दै उनले भने, ‘यो सुन हराएकोमा सेनाले जिम्मेवारी लिने कि नलिने ? भनेर प्रधानसेनापतिसँग पनि कुरा गरेको छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्