×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार भएको अख्तियारको ठहर, बिगो रकम दाबीसहित मुद्धा दायर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार भएको अख्तियारको ठहर, बिगो रकम दाबीसहित मुद्धा दायर !

Artha Sarokar

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार भएको ठहर गरेको छ । कोषमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.प्रदीप ढकालविरुद्ध अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जन गरेको अरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । ढकाल पशुपति क्षेत्र विकास कोषका अघिल्लो कार्यकालका सचिव हुन् ।

ढकाल कोषमा २०७४ साउन ३२ देखि २०७९ जेठ ३० गतेसम्म कोषको सचिव रहेका थिए । कोषमा हुँदा उनले १ करोड ४४ लाख ११ हजार ७ सय ७१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको ठहर छ । हाल पशुपतिनाथमा चर्किरहेको जलहरी प्रकरणमा सचिवविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी