काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ७ सय ५३ वटै पालिकामा बिदेशबाट फर्केर रोजगारीमा लागेका युवाहरुको लागि अनुदान पठाउने बताएका छन् ।
काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशबाट फर्किएर सामुहिक श्रममा अगाडि बढ्न चाहनेले हातमै पैसा पाउने आश्वासन दिएका छन् ।
‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको लागि ७ सय ५३ वटै पालिकामा सीधै पैसा जाने गरी व्यवस्था मिलाउछौँ ।’, उनले भने, ‘जो युवाहरु सामूहिक श्रममा वा कम्पनी बनाएर उत्पादन कार्यमा अगाडि बढ्न चाहन्छन्, उनीहरुलाई प्रोत्साहन गर्न अर्बौको अनुदान रकम स्थानीय तहमा जाँदैछ । तपाईहरु आ-आफ्नो ठाउँबाट ‘वाच’ गरेर बस्नुहोला तपाईहरुको हातमा सीधै पैसा आईपुग्छ । त्यो पैसा सही सदुपयोग गर्ने संरचनामा लाग्नुहोला ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका युवाहरुको हितमा काम गरिरहेकोसमेत दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्