×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा प्रधानमन्त्री प्रचण्डको बाचा- ‘अर्को वर्षदेखि सांसदहरुकै सल्लाहमा बजेट बनाउछौँ’

PRIME CA

संसदमा प्रधानमन्त्री प्रचण्डको बाचा- ‘अर्को वर्षदेखि सांसदहरुकै सल्लाहमा बजेट बनाउछौँ’

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्को वर्षदेखि सांसदहरुको सल्लाहमै बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

संसदलाई सम्बोधन गर्दै उनले अर्को वर्षदेखि बजेट निर्माण प्रणालीमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । बजेट वक्तव्यमै मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तबाटै सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको प्रचण्डले बताएका छन् ।

‘आगामी वर्षदेखि बजेट निर्माणमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा सम्बन्धित क्षेत्रका अन्य सांसदहरु समेतको सल्लाहअनुसार बजेट निर्माण गर्ने परिपाटी सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: