×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कनिका छर्ने वुद्धि अर्थमन्त्रीलाई कस्ले दियो ?’- राजेन्द्र लिङदेन

PRIME CA

‘कनिका छर्ने वुद्धि अर्थमन्त्रीलाई कस्ले दियो ?’- राजेन्द्र लिङदेन

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू सरकारमा भएको बेला आफ्नै ठाँउमा बढी बजेट पार्ने प्रवृत्ति विगतदेखि नै चल्दै आएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद लिङदेनले आफ्नो सरकार भएको बेला बजेट आफ्नो पक्षमा राख्ने जुन प्रवृत्ति विकसित भईरहेको र त्यसले सत्ता पक्षले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउने बताएका छन् ।

अध्यक्ष लिङदेनले विगतदेखि नै रहँदै आएको यस्तो खालको प्रवृत्तिलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् । ‘यसपाली बजेट परेन भनेर धेरै गुनासो छैन् । मन्त्रीले भनिसक्नु भएको छ, अलिकति नदेखिने गरी आफ्नोमा बेसी हाल्ने नै हो ।’, उनले भने, ‘त्यो प्रवृत्ति विगतदेखि नै चलिआएको छ । यहाँ परेन भनेर केही फाईदा छैन् । तर, बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गएको छ, त्यसले तपाईहरुले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउँछ ।’

त्यस्तै, अध्यक्ष लिङदेनले संसदमै केन्द्रबाट बजेट ल्याएर बाटोको लागि १ लाख, २ लाख रुपैयाँ कनिका छरेजसरी छर्ने वुद्धि मन्त्रीलाई कसले दियो ? भन्दै प्रश्न उठाएका छन् । ‘केन्द्रबाट बाटोको लागि छुट्याइने रकम १ लाख, २ लाख पनि हुने यसले कस्तो संघीयता ल्याइरहेको छ ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘२० किलोमिटर बाटोको लागि ७० लाख, ५ लाख, २ लाख र १ लाख पनि छुट्याउनु भएको छ । यस्तो वुद्धि मन्त्रीलाई कसले दियो ? यस्तो ज्ञान कहाँबाट आयो कनिका छर्ने ?’

योसँगै बैठकमा सत्ता पक्षले समर्थन गर्ने, विपक्षले विरोध गर्ने र अन्त्यमा कमा, फूलस्टप पनि परिवर्तन नहुने र जे छ ताली ठोकेर अघि बढ्ने खालको प्रवृत्ति पनि बढ्दै गएको अध्यक्ष लिङदेनको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: