×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताका माग सम्बोधनको पहल गर्न धितोपत्र बोर्डका अध्यक्ष अर्थ मन्त्रालयमा, राजश्वका डिजीसँग पनि ‘ब्रिफिङ’ 

PRIME CA

लगानीकर्ताका माग सम्बोधनको पहल गर्न धितोपत्र बोर्डका अध्यक्ष अर्थ मन्त्रालयमा, राजश्वका डिजीसँग पनि ‘ब्रिफिङ’ 

अर्थ सरोकार

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार

काठमाडौँ । अध्यक्ष भएदेखि नै सेयर लगानीकर्ताका पक्षमा निरन्तर काम गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगानीकर्ताको माग सम्बोधनका लागि पहल गर्न अर्थ मन्त्रालय पुगेका छन् । मन्त्रालयमा उनले लगानीकर्ताको आन्दोलन र यसका सम्भावित समाधानका उपायका बारेमा ब्रिफिङ गरेका थिए ।
ब्रिफिङ पछि अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागका डिजीसँग पनि ब्रिफिङ लिएको छ । विभागका डिजीलेसमेत लगानीकर्ताको आन्दोलनको समाधानका लागि विकल्पहरु दिएको मन्त्रालय स्रोतको दाबी छ । ‘विहान अर्थमन्त्रीज्यू स्वयमले पनि यस विषयमा चासो राखेर विभिन्न सरोकारवालाहरुसँग कुरा गर्नुभएको छ । आशा गरौँ, छिट्टै उठेका विषयको समाधान निस्किनेछ ।’
आजै प्रतिनिधि सभाको बैठकमा बजेटका विषयमा छलफल छ भने अर्थमन्त्री त्यसैको तयारीमा छन् । आज संसदमा सांसद हरि ढकाल लगायतले सेयर लगानीकर्ताका मागका बारेमा संसदमा बोल्ने कार्यक्रम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: