काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजीबजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
‘पूँजीबजारसँग सम्बन्धित रहने गरी वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट इन्स्टिच्युट सञ्चालन गर्ने तयारी छ ।’, उनले भने, ‘यसमा अर्थमन्त्रीज्यूले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’
त्यस्तै, उनले धितोपत्र बोर्डलाई ‘पेपर लेस’ बनाउन डिजिटल प्रणालीलाई जोड दिइएको बताएका छन् । ‘हामी धितोपत्र बोर्डलाई पेपर लेस बनाउँदै लैजाने प्रयासमा छौँ ।’, उनले भने, ‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ । आगामी वर्ष पनि कर्मचारीको सेवा सुविधा अझै वृद्धि गर्नुपर्नेछ ।’ लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा उभ्याउने हमालले प्रतिवद्धता गरेका छन् ।
पूँजी बजार सुधारका लागि अहोरात्र खटिएको दाबी गर्दै हमालले लगानीकर्ताको चाहना अनुसार नयाँ ब्रोकर थप्ने कार्यलाई तिव्रता दिएको हमालको भनाई छ । ‘हामीले हाल थप १८ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएका छौं ।’, उनले भने, ‘हाल ब्रोकरको संख्या ६८ पुगेको छ । अबको दुई महिनामा ९३ ब्रोकर सञ्चालनमा ल्याउँछौं ।’ त्यस्तै, उनले पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताउँदै अर्को वर्षदेखि भने त्यसलाई कमोडिटी एक्सचेञ्ज अनुसार सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिएका छन् ।
‘प्राइभेट इक्विटी र भेन्चर पूँजीको उचित माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा सहयोग गर्ने, इकोनोमिको विविधिकरणका लागि सिस्टम्याटिक बाटो खोल्ने र त्यसमार्फत उद्यमशीलताको प्रर्वद्धन र विकास गर्न एस्एसी प्याटफर्म खडा गर्दै छौं ।’, बोर्ड अध्यक्ष हमालले भने, ‘अहिले यो प्रस्ताव अर्थ मन्त्रालयमा छ । केही समयपछि क्याविनेटबाट पास भएपछि त्यसलाई लागू गर्नासाथ भेन्चर क्यापिटल र प्राइभेट इविक्टीको पूर्ण इकोसिस्टम नेपालमा पहिलो पटक तयार हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्