×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको सम्पत्तिमाथि पुनर्बीमाका सञ्चालकहरुको मनपरी, एक वर्षमा २३२ बैठक बसेर बुझे ५६ लाख रुपैयाँ !

PRIME CA
GLOBAL IME BANK

जनताको सम्पत्तिमाथि पुनर्बीमाका सञ्चालकहरुको मनपरी, एक वर्षमा २३२ बैठक बसेर बुझे ५६ लाख रुपैयाँ !

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जनताको सम्पत्तिमाथि पुनर्बीमा कम्पनीका सञ्चालकको मनपरी छताछुल्ल भएको छ । कम्पनीका सञ्चालकले भत्ता पचाउनका लागि एक वर्षमै २३२ पटक बैठक बसेको खुलासा भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा भत्ताका लागि अनावस्यक रुपमा बैठक आह्वान गरेको छ । उक्त बैठकमा सहभागी हुने सञ्चालकहरुले बैठक भत्ता बापत ५६ लाख ५१ हजार रुपैयाँ लिएको पाइएको छ । यसो त सञ्चालक समिति तथा उपसमितिका नाममा वार्षिक रुपमा १० देखि १५ लाख रुपैयाँ भत्तावापतको खर्च हुने गर्छ । तर, पुनर्बीमा कम्पनीले एक वर्षमै ५६ लाख रुपैयाँ भत्तावापत खर्च गरेको हो ।

यसो त कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि १३३ वटा बैठक बसालेको थियो । उक्त बैठक भत्ता बापत १७ लाख १८ हजार खर्च भएको पाइएको छ । तर, गत आर्थिक वर्षमा भने कम्पनीले भत्तावापतको खर्चमा मात्रै ५६ लाख रुपैयाँ सिद्याएको हो ।

त्यस्तै, समिक्षा वर्षमा सञ्चालकहरुलाई विभिन्न समिति उपसमिति समेत गरी बैठक भत्ता बापत १२ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सञ्चालक समितिको ५७ वटा बैठक बसेको पाइएको छ । सञ्चालक समितिको बैठकमा भत्ता मात्रै ११ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै दावी समितिको २१ वटा बैठक बसेको छ । उक्त बैठक भत्ता बापत एक लाख १२ हजार खर्च भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: