×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको औरही शाखा उद्धघाटन, गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य

PRIME CA

समृद्धि फाइनान्सको औरही शाखा उद्धघाटन, गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १०औं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीको समुद्धघाटन भएको छ । आसर ६ गते बुधबार  औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका र समृद्धि फाईनान्स लिमिटेडका संचालक दुर्गा थापाले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।
उक्त कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए । साथै, कार्यक्रममा औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग बाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदिप कुमार खडका लगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राखेका थिए ।
त्यसैगरी, संस्थाका संचालकले स्थानीय बासिन्दाहरुको आवश्यकता बमोजिम बैंकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त परेका थिए ।
उक्त नयाँ शाखा सहित देशभरी फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता  थप २ नयाँ शाखाहरु उद्धघाटन गर्ने योजना रहेको जनाएको थियो । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: