×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साइकल दिवसः १५ तस्विरमा हेर्नुहोस् सांग्रिला डेभलपमेन्ट बैंकले गरेको साइकल र्याली (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साइकल दिवसः १५ तस्विरमा हेर्नुहोस् सांग्रिला डेभलपमेन्ट बैंकले गरेको साइकल र्याली (फोटो-कथा)

Artha Sarokar

२० जेष्ठ २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा साइकल र्यालीको आयोजना गरिएको छ । सोमबार परेको विश्व वातावरण दिवसको अवसरमा डिबिएनको सहयोगमा सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गरेको हो ।

पछिल्लो समय बिग्रदै गएको वातावरणलाई स्वच्छ राख्न र काठमाडौंलाई ग्रिन र क्लिन सिटी बनाउनुपर्छ भन्ने सन्देश दिनका लागि साइकल र्यालीको आयोजना गरिएको सांगिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठले बताएका छन् । ‘अहिले दिनप्रतिदिन हाम्रो वातावरण दुषित हुँदै गएको छ । सहरमा धुँवा, धुलो बढिरहेको छ ।’, सीईओ श्रेष्ठले भने, ‘काठमाडौंमा साइकलको संख्या बढाउनुपर्छ र वातावरण स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ।’

बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग हुँदै सुन्धारासम्म पुग्नेछ । उक्त साइकल र्यालीमा सयौंको संख्यामा साइकलिस्टहरुको सहभागिता रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी