×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेयर लगानीकर्ताहरुको महासंघ बन्दै, अनलाइनबाट भोटिङ !

SAGARMATHA CEMENTS

काठमाडौं । सेयर लगानीकर्ताहरुले महासंघ गठन गर्ने भएका छन् । आर्थिक विधेयकमाफर्त सरकारले ल्याएको कर नीति खारेज गर्ने सहमति भएसँगै लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताहरुको महासंघ गठन गर्ने बताएका हुन् ।

सेयर बजारमा लगानीकर्ताका विभिन्न संगठनहरु भए पनि सबैमा ऐक्वद्धता नहुँदा बेलाबेलामा समस्या आईपरिरहने कोइरालाको भनाई छ । ‘सारा लगानीकर्ता एक भयौँ भने जस्तोसुकै परिस्थितिको पनि खुलेरै सामना गर्न सकिन्छ र त्यसमा जित पनि सम्भव छ ।’, उनले भने, ‘यही आवश्यकतालाई ध्यानमा राख्दै सेयर लगानीकर्ताहरुको एउटै महासंघ गठन गरिने भएको हो ।’

त्यस्तै, सोमबार दिउँसो काठमाडौंको माइतीघरमा एक कार्यक्रमकाबीच माग सम्बोधन भएकोप्रति बधाई साटासाट र लगानीकर्ताको एउटै महासंघ गठन कार्यक्रम रहेको जानकारी दिएका छन् ।

कोइरालाका अनुसार लगानीकर्ताको महासंघका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिनेछ र नयाँ नेतृत्वका लागि लगानीकर्ताले अनलाइन भोटिङ गर्नेछन् । लगानीकर्ता मर्कामा पर्दा एउटै साझा आवाज उठाउने संस्था निर्माणका लागि लगानीकर्ताको जोडबलकै कारण महासंघ गठन गर्न लागिएको कोइरालाले बताएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal