×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ७.७९ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ८८ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार

PRIME CA

सोमबार ७.७९ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ८८ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७  बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १५ करोड २८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कालिन्चोक दर्शन, भूगोल एनेर्जी डेभलपमेन्ट कम्पनी, सिटि होटल, चन्द्रागिरी हिल्स र सोल्टी होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १५ करोड २८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिस्ट्रिलरी, शिव श्री हाइड्रोपावर, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, आइजीआइ प्रुडेनसियल र शिवम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट  हो । प्रभु स्मार्ट फण्ड मा यस्तो गिरावट आउँदा सगरमाथा जलविद्युत, युनाईटेड आइदिआइ मर्दी, सुपर मादी हाइड्रोपावर र समता घरेलु लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: