×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्चित सेयर लगानीकर्ता शिव चन्द्र बने फिल्म निर्माता

PRIME CA

चर्चित सेयर लगानीकर्ता शिव चन्द्र बने फिल्म निर्माता

३२ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ। सेयर बजारका चर्चित लगानीकर्ता शिव चन्द्र अव फिल्म निर्माता भएका छन् । उनले निर्माण गर्न लागेको चलचित्र कोतपर्वको   बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा घोषणा गरिएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए ।

बिहिबार आयोजित नालापानीको विशेष प्रदर्शन र कोत पर्वको विशेष जानकारी कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरि ढकालले नेपालीहरुले नेपालको इतिहास बिर्सन नहुने बताएका थिए । ‘त्रिभुवन विश्वविद्यालयमा अहिले इतिहाससँग सम्बन्धित प्राध्यापकहरु हुनुहुन्छ तर, पढ्ने विद्यार्थी छैनन् । जुन देशको कला संस्कृति र इतिहासमा यस प्रकारको विपद आउँछ, यसले सामजिक विचलन ल्याउँछ’, कार्यक्रममा बोल्दै ढकालले भने, ‘कला, संस्कृति, धर्म र इतिहासको विचलन आउने बित्तिकै समाजमा विचलन आउँछ । हामीले ति लक्षणहरु भोगिसकेका छौँ ।’

ढकालको  प्रमुख आथित्यतामा भएको सो च्यारिटी कार्यक्रममा ‘कोतपर्व’का निर्देशक, लेखक तथा निर्माता परिचय गराईएको छ । यस चलचित्रका निर्देशक अधिकारीको कम्पनी ‘रिमेश अधिकारी फिल्मस’ र यस चलचित्रका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी ‘श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा यो चलचित्र बन्ने जानकारी गराईएको छ । शिवचन्द्रका अलावा चलचित्रलाई अर्का सेयर लगानीकर्ता राजेन्द्र ढकाल लगायतले सहनिर्माताको रुपमा फिल्ममा लगानी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: