×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछाममा १ सहकारी र ३ लघुवित्तमा नेकपाको तालाबन्दी, बोर्ड च्यातेर आगो लगाइयो !

PRIME CA

अछाममा १ सहकारी र ३ लघुवित्तमा नेकपाको तालाबन्दी, बोर्ड च्यातेर आगो लगाइयो !

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् । ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् ।

वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने आफूहरुको पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीबार पूर्वी अछामका ४ वित्तीय संस्थालाई गरिएको पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले बताइन् । ‘यो हाम्रो पूर्वघोषित कार्यक्रम अन्तर्गतको कार्वाही हो ।’, उनले भनिन्, ‘लघुवित्त र सहकारीले ऋणीलाई विभिन्न बाहनामा मानसिक यातना दिने, गोठबाट खसीबाख्रा लगिदिने र घरबारविहीन बनाउने क्रम बढेपछि कार्वाही गरेका हौँ ।’

यसो त अछाममा नेकपाका कार्यकर्ताले वित्तीय संस्थाबा तालाबन्दी मात्रै गरेका छैनन्, बरु संस्थाको बोर्डमा आगजनी समेत गरेका छन् । ‘सुरुमा हामीले संस्थामा तालाबन्दी गर्यौं । त्यसपछि संस्थाका बोर्ड च्यातेर सडकमा ल्याई आगो लगाएका हौँ ।’, नेकपा पूर्वी अछामका सचिव लोकेन्द्र सीले भने, ‘यो क्रम हाम्रो जारी रहन्छ । अझै अरु संस्थाहरुलाई पनि कार्वाही गर्ने कार्यक्रम छ । हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ ।’

अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: