काठमाडौं । राइजिङ अफ बचत तथा ऋण सहकारी संस्थाका दुईजना पदाधिकारी पक्राउ परेका छन् । संस्थाबाट आफूहरुको एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगिएको भन्दै ४२ जना सदस्यले सहकारीका पदाधिकारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि २ जना पदाधिकारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर खड्का र सचिव प्रियराज कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार सदस्यले दिएको उजुरीका आधारमा थप पाँच जना पदाधिकारी भने फरार रहेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा परेको कटानी जाहेरीका आधारमा हाल सहकारीका अध्यक्ष हेमन्त खड्का, कोषाध्यक्ष मैया राई, सदस्य निराजन अधिकारी, सुरेन्द्र शाही ठकुरी र मनोहर अधिकारी फरार छन् ।
सहकारीले सुरुमा आकर्षक ब्याजको प्रलोभनमा पारी रकम संकलन गरेको पीडितहरुको भनाई छ । दुःख, सुख गरी जम्मा गरेको रकम पटक पटक फिर्ताको माग गर्दा पनि सहकारीले रकम फिर्ता नगरेको र सञ्चालकसँग सम्पर्क गर्न खोज्दा संस्थाका पदाधिकारी सम्पर्कमै नआएपछि जाहेरि दिन बाध्य भएको पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ ।
प्रहरीले यो प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका बुझाएको काठमाडौं प्रहरीका एसपी सीताराम रिजाल बताएका छन् । हाल फरार रहेका पदाधिकारीको खोजीकार्य तिव्र पारिएको रिजालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्