काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले अहिलेको परिस्थितिमा नेपालको पूँजीबजार ‘डिप्रेसन’मा जाने खतरा बढेको बताएका छन् । शनिबार सरकारी नीतिको विरोध गर्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा लगानीर्ताको अवधारणापत्र सार्वजनिक गर्दै लगानीकर्ता कोइरालाले यस्तो बताएका हुन् ।
सरकारले लगानीकर्तामारा नीति ल्याएर सेयर बजार नै ध्वस्त बनाउन खोजेको आरोप लगाउँदै उनले यही परिस्थिति रहे अबको बजार ‘डिप्रेसन’मा जाने दाबी गरेका हुन् । यसअघि पूँजी बजारमा क्यापिटल गेन ट्याक्स नै अन्तिम भएको भनिए पनि आर्थिक विधेयक २०८० मार्फत सरकारले ल्याएको नयाँ व्यवस्थाले बजार सिध्याउने दाबी गर्दै उनले सेयर बजारप्रति सरकारको यो प्रवृत्ति सह्य नभएको बताएका छन् ।
नीति र सिद्धान्तविपरित सरकारले सेयर लगानीकर्तालाई जबरजस्ती व्यवसायी बनाउने खोजेको उनको आरोप रहेको छ । सरकारले ल्याएको उक्त व्यवस्था कुनै पनि हालतमा खारेज हुनुपर्ने माग गर्दै उनले माग सम्बोधन नभएसम्म बजार पूर्ण रुपमा बन्द गर्ने चेतावनी समेत दिएका छन् । सोही क्रममा उनले देशभरका लगानीकर्ता र लगानीकर्ताका नेता तथा संगठनलाई बजार जोगाउने आफूहरुको आन्दोलनमा सघाउन समेत अपिल गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्