×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सबैको जित भयो, सरकारलाई पूँजीबजारको महत्व बुझाउन सफल भएका छौँ’- तिलक कोइराला

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार

PRIME CA
laxmi sunrise bank

‘सबैको जित भयो, सरकारलाई पूँजीबजारको महत्व बुझाउन सफल भएका छौँ’- तिलक कोइराला

काठमाडौं । अग्रज लगानीकर्ता तिलक कोइरालाले अन्ततः सबै सेयर लगानीकर्ताको जित भएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको सफल वार्तालगत्तै अर्थ सरोकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो सारा लगानीकर्ता र पूँजी बजारको जित हो । हामीले सरकारलाई पूँजीबजारको महत्व बुझाउन सफल भयौँ ।’, उनले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट वक्तव्य र आर्थिक विधेयकमा रहेका पूँजीबजारलाई असर गर्ने कुराहरु संसदीय प्रक्रियाबाट सच्याउने प्रतिवद्धता गर्नुभएको छ ।’

अर्थमन्त्रालयमा भएको सफल वार्तासँगै अब सेयर लगानीकर्ताहरुले अल्पकालीन रुपमा ७.५ प्रतिशत र दीर्घकालीन रुपमा ५ प्रतिशत भन्दा १ प्रतिशत एक रुपैयाँ पनि बढी कर तिर्नु नपर्ने कोइरालाको भनाई छ । योसँगै उनले पूँजीबजारमा ३९ प्रतिशत कर आतंकको पनि अन्त्य भएको बताएका छन् । त्यस्तै, उनले लगानीकर्ताको संघर्षकै कारण यो जित सम्भव भएको समेत बताएका छन् । यो जितका लागि सघाउने लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर लगायत सबैलाई धन्यवाद समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: