काठमाडौं । सरकारको २० वर्ष पुराना गाडी हटाउने लगायतका निर्णय खारेज गर्नुपर्ने माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बिहिबार कलंकी-बालाजु सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।
सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
प्रदर्शनका कारण कलंकी-बालाजु सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्