काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ४३ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ६०, लोकल घिउ सिमी ६०, भटमासकोशा १२०, मटरकोशा १८०, राजमा सिमी ११०, तिते करेला ४०, लौका ५०, परवल लोकल ७०, पाकेको फर्सी ४०, फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो १५०, ब्रोकाउली १००, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग ९०, पालुंगो साग ९०, मेथिको साग ९०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ १८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १८०, मौसम १५०, अनार ३२०, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा भारतीय ११० र लिच्ची लोकल २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्