×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित

Artha Sarokar

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताब गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौंमा सम्पन्न १५औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रबर्द्धन गर्न लागेको २० मेगावाटको आँखुखोला-२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ । यस्तै, सभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, नाफ-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला-२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए ।

सभामा बोल्ने सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी