×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु, सरकारले घोषणा गरेका करसम्बन्धी व्यवस्थाहरु आजैबाट लागू !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आजबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु, सरकारले घोषणा गरेका करसम्बन्धी व्यवस्थाहरु आजैबाट लागू !

Artha Sarokar

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । आजबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले यस वर्षका लागि घोषणा गरेको विभिन्न कर सम्बन्धी व्यवस्थाहरु आजैबाट कार्यान्वयनमा आएका छन् ।

साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेले ३९ प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।

त्यस्तै, सरकारले नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता कर पनि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।

सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।

यस्तै, ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी