×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा बढी भएर बैंकहरु हैरान !

अर्थ सरोकार

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार

PRIME CA

पैसा बढी भएर बैंकहरु हैरान !

काठमाडौं । केही समय अघि मात्रै तरलता अभावको जटिल संकटबाट गुज्रिएका बैंक अहिले पैसा धैरै भएर तनावमा छन् । लगातार बैंकिङ प्रणालीमा तरलता बढे पनि लगानी गर्न नसक्दा बैंकहरु तनावमा परेका हुन् ।

बैंकहरुले लगानी गर्न नसक्नु भनेको लागत बढ्नु हो र लागत बढ्नु भनेको आम्दानी घट्नु हो । यसरी बैंकिङ प्रणालीमा तरलता धेरै भए पनि लगानी गर्न नसक्दा बैंकहरुको आम्दानी घटेको छ । बैंकहरुले हाल बढेको निक्षेपमा ९.९९ प्रतिशतसम्म ब्याज तिर्नुपरेको छ । तर, बैंकहरुको आम्दानीको मुख्य स्रोत कर्जा लगानी सुस्त हुँदा बैंकहरु थप तनावमा परेका छन् ।

यसो त अहिले बैंकहरुमा तरलता बढी हुँदा राष्ट्र बैंकले रिभर्स रिपो गर्नुपरेको छ । ९० प्रतिशतसम्म कायम गर्न सकिने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) केही बैंकको त ८० प्रतिशतसम्म झरेको छ । अर्कोतिर ट्रेजरी बिलको ब्याज पनि १२ बाट घटेर ७ प्रतिशतसम्म आईसकेको अवस्थामा कर्जा लगानी बढाउन नसक्दा बैंकहरु हैरान भएका छन् ।

हाल बजारमा कर्जाको माग सुस्त छ, जसका कारण बैंकहरुले कर्जामा लगानी गर्न सकिरहेका छैनन् । अर्कोतर्फ कर्जाको माग भए पनि पूँजी कोष कम भएका बैंकहरुले ऋण प्रवाह गर्दा पूँजी कोष अनुपात नियामकीय प्रावधान ८.५ प्रतिशतभन्दा तल आउने हुँदा पनि ऋण प्रवाह गर्न सकिरहेको अवस्था छैन ।

एकातर्फ बैंकिङ प्रणालीमा लगातार तरलता बढ्दै जाने र बैंकमा तरलता थुप्रिँदा पनि लगानी बढाउन नसकेपछि बैंकहरु थप मर्कामा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: