×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब तान्दै !

PRIME CA

बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब तान्दै !

अर्थ सरोकार

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकमा तरलता अत्याधिक भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो ।

पछिल्लो समय बैंकमा तरलता थुप्रिँदा अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता तान्न लागेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत नीतिगत दर कायम गरेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरभन्दा २ प्रतिशत भन्दा बढीले तल झरेमा रिभर्स रिपो र ३ प्रतिशत बिन्दु भन्दा बढीले घटेमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने बताएको थियो ।

अधिक तरलताको कारण भारित औसत अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेसँगै तरलता खिच्न लागेको हो । यसअघि १९ असारमा १० दिन अवधिको लागि रिभर्स रिपो मार्फत राष्ट्र बैंकले २० अर्ब तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको अवधि नसकिदै पुनः अर्को रिभर्स रिपो मार्फत तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको २३ असारको तथ्यांक अनुसार बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.३१ प्रतिशतमा झरेको छ । बैंकमा तरलता थुप्रिँदै जाँदा बैंकहरुले लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता तान्ने भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: