×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड नाफा कमाए, नबिल बैंकले लिड गर्दा कृषि विकास बैंक पुछारमा !

अर्थ सरोकार

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार

PRIME CA

११ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड नाफा कमाए, नबिल बैंकले लिड गर्दा कृषि विकास बैंक पुछारमा !

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको जेठसम्ममा ६७ अर्ब २३ करोड १५ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् । बैशाखसम्म ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका वाणिज्य बैंकहरुको नाफा एक महिनामै १७.५९ प्रतिशतले बढ्दै ६७ अर्ब २३ करोड १५ लाख २० हजार रुपैयाँ पुगेको हो ।

जेठसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । बैंकले गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, सोही अवधिमा सबै भन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

सर्वाधिक नाफा आर्जन गर्ने नबिल बैंकलाई पछ्याउँदै ग्लोबल आइएमई बैंकले ६ अर्ब ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकहरुको सूचीको तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ११ महिनाको अवधिमा ४ अर्ब ७६ करोड ५१ लाख नाफा आर्जन गरेको छ । यता चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख, पाचौँमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड ३४ लाख, छैठौँमा एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख र सातौँमा हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख नाफा आर्जन गरेको छ ।

त्यस्तै, जेठ मसान्तसम्म ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गर्दै प्राइम बैंक आठौँ स्थानमा देखिएको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ३ अर्बभन्दा बढी नाफा ६ वटा बैंकको रहेको छ । यस्तै २ अर्बभन्दा बढी नाफा कमाउनेमा ५ वटा र २ अर्बभन्दा कम नाफा हुनेमा ५ वटा बैंक रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: