काठमाडौं । नेपाल बैंकर्स संघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित भएको बताएको छ । काठमाडौंमा पत्रकार सम्मेलनमार्फत मौद्रिक नीतिको बचाउ गर्दै बैंकर्स संघले चालु आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सन्तुलित भएको बताएको हो ।
बैंकर्स संघले मौद्रिक नीतिले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने प्रयास गरेको बताएको छ । यद्यपी मौद्रिक नीतिले तय गरेको कर्जाको लक्ष्य न्यून नभएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले दावी गरेका छन् ।
‘आर्थिक वर्ष ०७७÷७८ मा ८०० अर्ब माथिको कर्जा विस्तार हुँदा त्यस यताका वर्षमा ४७३ अर्ब भन्दा बढी भएकै छैन । चालु आर्थिक वर्षको लक्ष्य भेट्न पनि ७०० अर्ब कर्जा विस्तार गर्नुपर्छ ।’, उनले भने, ‘४.५ प्रतिशतमा निक्षेप संकलनको दर र ७.५ प्रतिशत बैकदरले मुद्रा बजारमा हुने उतारचढाव नियन्त्रण गर्छ ।’
त्यस्तै, व्यवसायीहरुले ब्याजदर बढी भएको भन्ने गरेको भए पनि बैंकहरुमा ब्याजदर घट्दो क्रममा रहेको पनि अध्यक्ष केसीले बताएका छन् । अर्थतन्त्र चलायमान हुँदै गएको र बैंकिङ प्रणालीमा तरलता संकट सुध्रिँदै गएकोले बैंकहरुको ब्याजदर अझ घट्ने पनि उनको भनाइ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्