Skip to content
LAXMI SUNRISE BANK

इन्धनको भाउ घटेसँगै साउन १ गतेदेखि गाडी भाडा पनि घट्यो

अर्थ सरोकार

काठमाडौं । इन्धनको भाउ घटेसँगै सार्वजनिक यातायातको भाडा पनि सस्तिएको छ । साउन १ गतेदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै पेट्रोलमा प्रतिलिटर ६ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ कम गरेसँगै भाडा घटाइएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिएका छन् ।

निगमले असार महिनामा मात्रै दोस्रो पटक भाडा घटाएको हो । हाल यातायात व्यवस्था विभागले दोस्रो पटक घटेको इन्धनको मूल्यलाई आधार मानेर भाडा समायोजन गरेको प्रवक्ता पनेरुले बताएका छन् । योसँगै यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ र तराइमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा सस्तो भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK