काठमाडौँ । कमसल सिमेन्ट बेचेको आरोपमा मारुती सिमेन्टका मालिक र ललिता निवास प्रकरणमा भाटभटेनीका साहु पक्राउ परेपछि निजी क्षेत्रका तीन ठुला व्यवसायिक संस्थाले आपत्ति जनाएका छन् । आरोप लाग्दैमा थुन्न नमिल्ने भन्दै उनीहरुले आरोप लागेका मान्छेले पनि आफ्नो धारणा राख्न पाउनुपर्ने भन्दै विज्ञप्ति निकालेका हुन् ।
भाटभटेनीका साहु पक्राउ पर्दा खासै वास्ता नगरेको निजी क्षेत्रले मारुती सिमेन्टका साहु कमसल सिमेन्ट बेचेको आरोपमा पक्राउ परेपछि भने विज्ञप्ति नै जारी गरेर त्यसको विरोध गरेको छ । भाटभटेनीका साहु पक्राउ परेको आधा महिनापछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । ती संस्थाले गुरुङ र मारुती सिमेन्टका मालिकको नाम उल्लेख नगरेपनि यी दुई व्यापारी लक्षित विज्ञप्ति निकालेका हुन् । मारुती सिमेन्टका थप अन्य मालिकविरुद्ध पनि अहिले पक्राउ पूर्जी जारी भएको छ ।
कानुनी प्रक्रिया नै नबुझेजसरी, छाप र कसैको सहि विना निकालिएको सो संयुक्त विज्ञप्तिमा विज्ञप्तिमा निजी क्षेत्रका संस्थाहरुले धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने भन्दै आरोप लागेकै भरमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने काम नगर्न भनेको छ ।
‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ। तर, कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ।’
बाँकी विज्ञप्तिमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्