×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन आयोगलाई सांसद चौधरीको जवाफ- ‘खर्च विवरण बुझाइसकेको छु, सूचीबाट नाम हटाइयोस्’

PRIME CA
GLOBAL IME BANK

निर्वाचन आयोगलाई सांसद चौधरीको जवाफ- ‘खर्च विवरण बुझाइसकेको छु, सूचीबाट नाम हटाइयोस्’

१० श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचनमा भएको सम्पूर्ण खर्च विवरण आफूले बुझाइसकेको बताएका छन् । खर्च विवरण नबुझाउनेहरुको सुचीमा नाम समावेश भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।

निर्वाचनमा समयमा भएको सम्पूर्ण खर्चको विवरण बुझाउँदा पनि निर्वाचन आयोगले खर्च सार्वजनिक नगर्ने सूचीमा नाम समावेश गरेपछि उनले त्यसप्रति ध्यानाकर्षण जनाएका छन् । ‘मैले निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाईसकेको छु ।’, उनले भने, ‘यसरी खर्च सार्वजनिक नगर्नेको सूचीमा नाम देख्दा आश्चर्यमा परेको छु । यसतर्फ मेरो गम्भीर ध्याकर्षण भएको छ ।’

त्यस्तै, सांसद चौधरीले भ्रम सृजना गर्ने गरी निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत आफ्नो नाम समावेश भएको सूची सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन् । योसँगै उनले विवरण नबुझाउनेको सूचीबाट आफ्नो नाम हटाउनसमेत आयोगलाई आग्रह गरेका छन् ।

‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ ।’, उनले लेखेका छन्, ‘उक्त सूचिबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सही सूचना उपलब्ध गराईदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: