Skip to content
LAXMI SUNRISE BANK

बिपिए अवार्डः मुक्तिनाथ विकास बैंक चौथो पटक ‘गोल्ड अवार्ड’द्धारा सम्मानित, वार्षिक प्रतिवेदन उत्कृष्ट ठहर !

अर्थ सरोकार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/७९ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विभिन्न ४ विधा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा, निर्माण क्षेत्रमा प्रस्तुत गरेको अवार्डमा मा विकास बैंक र वित्तकम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा.प्रकाशशरण महतले मुक्तिनाथ विकास बैंकलाई सो अवार्ड प्रदान गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK