×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनका लागि बैंकहरुले आफूखुसी ब्याजदर तोके, एनएमबिले बढी ब्याज दिँदा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डको !

अर्थ सरोकार

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार

PRIME CA

साउनका लागि बैंकहरुले आफूखुसी ब्याजदर तोके, एनएमबिले बढी ब्याज दिँदा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डको !

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । साउन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले ब्याजदरमा गरेको भद्र सहमति तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर सार्वजनिक गरेका हुन् ।

साउन महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ब्याज एनएमबि बैंकले दिने भएको छ । बैंकले १० वर्ष वा सो भन्दा बढी अवधिको मुद्धती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भएको हो । त्यस्तै, २ वर्षदेखि १० वर्ष अवधिको मुद्धती निक्षेपमा ९.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको बैंकले जनाएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरुले सर्वाजनिक गरेको नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुमा सबैभन्दा कम ब्याज स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको हो । बैंकले असार महिनामा नै ब्याजदर घटाएको थियो । अधिकांश बैंकहरुले ९.९९ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको बेला यस बैंकले भने अधिकतम ब्याजदर १ प्रतिशतविन्दु घटाएर ८.९९ प्रतिशतमा झरेको थियो ।

त्यस्तै,  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९, ग्लोबल आइएमई बैंकको व्यक्तिगत ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत तथा हिमालयन बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ । यता सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२, कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ तथा एभरेष्ट बैंकले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत बनाएको छ ।

प्रभु बैंकले साउन १ देखि लागू हुने गरी व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत तथा नेपाल बैंकले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिनेछन् । साउनमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ९.७२ प्रतिशत छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: