×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः सुन लुकाएको आशंकामा चिनियाँ नागरिक लिनले भाडामा लिएको घरमा राजस्वले छापा मार्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुन तस्करी प्रकरणः सुन लुकाएको आशंकामा चिनियाँ नागरिक लिनले भाडामा लिएको घरमा राजस्वले छापा मार्यो

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुन लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेको छ ।

बिहीबार विभागले १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनले लाजिम्पाटमा भाडामा लिएको एक घरमा छापा मारेको हो । छापा मार्दा सुन भने नभेटिएको विभाग स्रोतले जनाएको छ ।

छापा पनि विभागको टोलीले चिनियाँ नागरिक लिनले भाडामा लिएको फ्ल्याट सिल गरेको छ । भाडामा लिइएको उक्त फ्ल्याटबाट सुन अन्तै सिफ्ट भइसकेको अनुमान गरिएको छ ।

बुधबार प्रहरीले लिनले नै काठमाडौंको सोह्रखुट्टेमा भाडामा लिएर सञ्चालन गरेको गोदामबाट साढे ११ सय ‘ब्रेक शु’, सुन पगाल्ने उपकरण बरामद गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी