Skip to content
LAXMI SUNRISE BANK

‘प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको हो, म दिल्लीमै थिएँ, मैले देखेको हो’– दुर्गा प्रसाईं

अर्थ सरोकार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारतले नै प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफुलाई प्रधानमन्त्री बनाउन ढुवानी व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्तिको चर्को विरोध भईरहेका बेला प्रसाईंले प्रधानमन्त्रीले बोलेको कुरा साँचो भएको बताएका हुन् । ‘पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारतले नै प्रधानमन्त्री बनाएको ।’, उनले भने, ‘प्रचण्ड म जस्तै छन्, साँचो बोल्छन् ।’

यतिसम्म कि प्रसाईंले प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्लीमा गरिएको डिजाइन आफुले देखेको समेत दाबी गरेको छन् । ‘भारतले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो । म दिल्लीमै थिएँ, मैले देखेको हो ।’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिपछि हाल सत्तापक्षका सांसदहरु नै आश्चर्यमा परेका छन् । प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक भएको भन्दै एमालेले उनको राजिनामा समेत मागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK