काठमाडौं । आजकल बैंकिङ क्षेत्रमा यसै पनि रमिता छ । ऋणीहरु बैंकले सक्यो, व्यापार सिद्धियो, लौ न मेरो घरखेत जाने भो भनेर रोईकराई गरिरहेका छन् भने बैंकरहरु लौन ऋणीले बाटैमा कर्मचारी कुट्न थाले, असुरक्षा भयो, ऋण खानेले किस्ता तिर्न छोडे, बैंकिङ गर्नै नसकिने भो भनेर सरकार गुहारीरहेका छन् । हिजोसम्म बैंकमा पैसा नै छैन भन्ने बैंकहरु एकातर्फ ओहो पैसा त धेरै पो थुप्रियो भनेर टाउकोमा हात लगाईरहेका छन् भने यता फेरी ऋणीहरु मेरो स्वीकृत भईसकेको ऋण बैंकले दिएन भनेर गुनासो गरिरहेका छन् ।
यहि बीचमा लघुवित्तहरु मनिराम ज्ञवाली र बैंकहरु दुर्गा प्रसाईंको अभियानले हामीलाई सार्है अफ्ट्यारो पर्यो भनेर फेरी सरकारसँग हार गुहार गरिरहेका छन् । अनि फेरि दुर्गा प्रसाईं मलाई बैंकले धोका दियो, मेरो सम्पत्ति नै खान खोज्यो, काम गर्न परियोजना सुरु गर भन्यो तर काम सुरु गरेपछि पैसा दिएन, ब्याज मागिरह्यो, मैले हालिरहें तर मैले पाउनुपर्ने जति ऋण मैले पाइन, लौ न मिडियाहरु तिनै बैंकका पछी लागे, बैंकहरु मलाई सिध्याउन पछी लागे, म व्यवसाय गर्न ऋण पाउँ भनेर बैंकको पछी लागेको लागै भएँ, केहि सिप नलागेपछि अदालत पुगेको छु भन्दै मिडिया समक्ष बोलिरहेका छन् ।
बैंकहरुको आपत्ति छ, ‘दुर्गा प्रसाईंले ब्याज समयमा तिरेनन्, थप लगानी गर्न सकिन्न ।’ र प्रसाईं भनिरहेका छन्, ‘मैले चैत्रसम्मको ब्याज सबै तिरिसकेको छु, तर बैंकले मलाई दिनुपर्ने जति पैसा दिएन, मेरो काम अड्कियो ।’ बैंकरहरु भनिरहेका छन्, ‘प्रसाईंको अभियानबाट असुरक्षा भयो ।’ प्रसाई भनिरहेका छन्, ‘बैंकको व्यवहारले मेरो व्यवसायमाथि समस्या भयो ।’ बैंक भनिरहेका छन्, ‘यस्तै हो भने अव बैंकिङ गर्न गाह्रो छ ।’ प्रसाईं भनिरहेका छन्, ‘आज मलाई गाह्रो पार्दा ताली पिट्नेहरु हो सुन, बैंकले मजस्ता व्यवसायीलाई गाह्रो बनाएको छ, भोलि तिमीहरुको पनि पालो आउँछ ।’
बैंक भन्छ– ‘ऋण लिने, ब्याज तिर्दिन भन्ने यस्तो पनि हुन्छ ?’ प्रसाईं भन्छन्, ‘एलओआई हेरेर एग्रीमेन्ट गर्ने, काम सुरु गरेपछि पैसा डिस्पर्स नगर्ने, यस्तो पनि हुन्छ ?’ मिडियामा छरपष्ट न्युज छन्– ‘प्रसाईंका कारण बैंकिङ क्षेत्र नै धमिलो भयो ।’ प्रसाई भनिरहेका छन्, ‘मिडियाका साथीहरुले मलाई बुझ्दै नबुझी एकोहोरो खेदीरहे, मेरो मन झन् अमिलो भएको छ ।’ अझ सार्वजनिक कार्यक्रममै अर्थ सरोकारको नाम नै लिएर उनले मिडियाले बैंकको पक्षमा लागेर आफुलाई एकोहोरो खेदीरहेको अभिव्यक्तिसमेत दिएका छन् ।
मिडियाले हरेकका आवाज सुन्नुपर्छ । कोहि एक विद्वानले भनेका छन्– ‘म तपाईंप्रति पूर्ण बिमति राख्न सक्छु तर तपाईंको बोल्ने पाउने अधिकारका लागि अन्तिमसम्म लडिरहनेछु ।’ र त सयौं मिडियालाई दिएका हजारौं अन्तर्वार्ताका बीच पनि खास नासुनाइएका उनका व्यवसायका पीडाका पाटो खोतल्न हामी उनकै गृहनगरमा रहेको उनको अस्पतालसम्म पुगेका छौं । बैंकमा धितो राखिएको उनको सम्पत्ति हेरेपछि उनलाई सोधेका छौं– ’सीबिफिनले तपाईं लक्षित विज्ञप्ति निकालेको छ, कुमारी बैंकका विरुद्ध तपाईं अदालत जानुभएको छ, बजारमा प्रसाईंका कम्पनीले स्टाफलाई तलव दिएन भन्ने समाचार भाईरल छ, प्रसाईंले कर तिरेनन् भनेर पत्रिकामा सूचना छ, तपाईंका अभिव्यक्तिले बैंकिङ क्षेत्र त्राहिमाम छ, अनि यस्तो बेलामा तपाईंलाई सन्चै छ ? के छ तपाईंको कुरा ? मिडियाको भीड बटुल्दा पनि, थोरैले मात्र सोधेको प्रश्नको जवाफ आज दिल खोलेर दिनुहोला भनेर हामी पूर्व पुगेर प्रश्न गरिरहेका छौं । दुर्गा प्रसाईंजी बैंकको लफडा के हो ? बैंकविरुद्ध अदालत किन गएको ? (भिडियोमा हेर्नुहोस्)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्