×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जव दुर्गा प्रसाईंलाई ‘अब धेरै दिन छैन, अब धेरै दिन जाँदैनस्, कात्रो तयार पारेर राख’ भन्ने मेसेज आयो…(भिडियो)

PRIME CA

जव दुर्गा प्रसाईंलाई ‘अब धेरै दिन छैन, अब धेरै दिन जाँदैनस्, कात्रो तयार पारेर राख’ भन्ने मेसेज आयो…(भिडियो)

२६ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले टक अफ दी टाउनमै छन् भन्दा फरक पर्दैन । छापा, टेलिभिजन, अनलाइन, युट्युब र अन्य सामाजिक संजालमा उनकै चर्चा छ । सनातन हिन्दु राज्य कायम हुनुपर्ने, देशमा राजा फर्किनुपर्ने मागसहित उनी अभियानमा छन् भने लघुवित्त, सहकारी लगायतकाको २० लाख भन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने मागसहित उनी र उनको समूह आन्दोलनमा छ । अर्कोतर्फ उनी बैंकविरुद्ध अदालतमा गएका छन् । बैंकले आफुलाई धोकाधढी गरेको भन्दै उनी न्यायलयको ढोका ढकढकाईरहेका छन् । यस कारण पनि उनी चर्चामा छन् । तर अचानक उनलाई मार्ने योजना बनाएर करोडौं रुपैयाँ मागेको आरोपमा सीआईबीले रमेश गुरुङ नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ । यो घटनापछि उनको चर्चा थप चुलिएको छ ।
आखिर के हो उनलाई ब्ल्याकमेलिङ्ग गरिएको घटना ?
कुरा केहि समय अघिमात्रको हो । असार पहिलो साता उनलाई एक अपरिचित नम्बरबाट फोन आयो । उनी मिडिया वा अन्य अभियानकर्मीसँग पनि निसंकोच कुरा गर्ने व्यक्ति हुन् । जुनसुकै नम्बरबाट आएको नम्बरलाई रेस्पोन्स गर्ने उनको राम्रो बानी पनि हो । त्यसैले सो नम्बर बाट आएको फोन पनि उनले उठाए । तर यसपाली उनलाई आएको फोन केहि फरक खालको थियो ।
भक्तपुरस्थित आफ्नै निजीनिबासमा बसिरहेका बेला आएको सो फोनमा उनको हत्याको योजना बनेको र सो कामका लागि कसैले ३० करोड रुपैयाँ दिनेगरी आफुले सुपारी लिएको कुरा बताइएको थियो । र फोन गर्ने व्यक्तिको भनाई थियो यदी सो रकम प्रसाईंले नै दिने हो भने उनी हत्या योजनाबाट ब्याक हुनेछन् । त्यसपछि प्रसाईंले उनलाई उनको परिचय सोधे । उताबाट खबर आयो प्रवेश लामा । प्रसाईंले आफुलाई कसैले गरेको त्यस्तो फोनलाई त्यति ठुलो रुपमा लिएनन् । मलाई कसले किन र के कारणले मार्न चाहान्छ र ? यहि सोचेर उनले धेरै लामो कुरा पनि गरेनन् ।
प्रसाईं प्रहरीका उच्च तहका व्यक्तिहरुसँग सम्पर्क भएका मान्छे हुन् । पूर्वराजासँगसमेत राम्रो सम्बन्ध भएका उनका आफ्नै स्वयम् सेक्युरिटी फोर्स छ । उनी डराएनन् तर यतिको फोन आईसकेपछि उनले प्रहरीको सहयोग लिनुपर्छ भन्ने कुरा सोचे । त्यसपछि उनले यस विषयमा सीआईबीका उच्च अधिकारीसँग सल्लाह गरे । सीआईबीका उच्च तहका अधिकारीहरुसँगको छलफलपछि सीआईबीले सो व्यक्तिको फलोअप सुरु गर्यो ।
दुर्गा प्रसाईंलाई त्यसरी फोन गर्ने व्यक्तिले अव ह्वाट्सएपमा सम्पर्क गर्न थाल्यो । उनीहरुबीच वाट्सएपमा झगडा नै हुन्छ । यतिसम्मकि उनलाई फोन गर्नेले  आयु अब धेरै दिन छैन, अब धेरै दिन जाँदैनस्, कात्रो तयार पारेर राखसमेत भन्छ । प्रसाईंले उनलाई त्यसपछि फोन गर्न खोज्छन् तर उनले फोन उठाउँदैनन् । म फोनमा कुरा गर्दिन, जे भन्नुपर्ने छ यहीं मेसेजमै भन्नुहोस् भनेर उनी फोनमा कुरा गर्न इन्कार गरिरहन्छन् ।
प्रसाईंले यतिबेलासम्म प्रहरीलाई उनको अपडेट गराईरहेका थिए । उनले फोन गरेका व्यक्तिको नम्बरबारे सीआईबी अनुसन्धानमा लागिसकेको हुन्छ । तर अरु कसैको नामबाट लिईएको फोन नम्बर भएकाले त्यति सहज भएन प्रहरीलाई । त्यसमाथि उनको फोन अफ हुन्थ्यो र उनी ह्वाट्सएपमा मात्र कुरा गर्थ्य । जसका कारण उनको लोकेसन ट्रयाक गर्न पनि सार्है गाह्रो थियो ।
त्यसपछि दुर्गा प्रसाईंले ५ करोड रुपैयाँ दिन आफु तयार भएको बताउँछन् । उताबाट मान्दैनन । प्रसाईंले त्यसपछि आफु ५ करोडभन्दा बढी दिन नसक्ने बताउँछन् । उताबाट आफुलाई ३० करोडको अफर आएको र बढीमा १५ करोडसम्म मात्र मिलाउन सक्ने जवाफ आउँछ ।  लामो वार्तालापपछि उ ५ करोड रुपैयाँ दिन तयार हुन्छ । त्यसपछि सोमबार ५ बजे भेट्ने र पैसा लेनदेन गर्ने सल्लाह हुन्छ ।
पैसा दिने डिसिजनपछि पनि उसले निरन्तर थर्काईरहन्छ । उसले दायाँबायाँ भए राम्रो नहुने धम्की दिन्छन् ।  त्यसपछि उनीहरुको मंगलबार विहान ८ बजे भेट्ने सल्लाह हुन्छ । प्रसाईंलाई उनले रेडी हुन भन्छन् । उनीहरुबीच सल्लाह भए अनुसार भेटघाट तय हुन्छ ।
पैसाको लिएर म आउंदैछु भनेर प्रसाईंले खबर गर्छन् । सो सब कुराको अपडेट सीआईबी पहिला नै भईसकेको थियो । जव उतापट्टीका तर्फबाट एक व्यक्ति पैसा लिन भनेर आउँछ, प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्छ । प्रहरीले त्यसपछि उनीसँग बयान लिन्छ । बयानका क्रममा उनले   आफु ९ वर्ष साउदी अरब बसेर फर्किएको बताएका छन् । तर जो पक्राउ परेका छन्, ती व्यक्ति आफुले कुरा गरेको व्यक्ति नभई उसको मान्छे मात्र भएको प्रसाईंको भनाई छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: