×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि दुर्गा प्रसाईं अदालतमा, तत्काल ऋण तिर्नु नपर्ने गरी अन्तरिम आदेश माग !

PRIME CA

कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि दुर्गा प्रसाईं अदालतमा, तत्काल ऋण तिर्नु नपर्ने गरी अन्तरिम आदेश माग !

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन् । प्रसाईंले बिएण्ड सी मेडिकल कलेजको नाममा ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा लिएको ३० करोड गरी कुल १ अर्ब ऋण तिर्न बैंकले पत्र पठाएपछि उनी उक्त पत्रविरुद्ध अन्तरिम आदेश लिन अदालत पुगेका हुन् ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै हिँडेका प्रसाईंलाई तत्काल ऋण नतिरे असुरी पक्रियामा जाने बैंकले पत्र पठाएपछि उनी आत्तिएर बैंकको उक्त पत्र कार्यान्वयन नगर्न/नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन् ।

यसो त उच्च अदालत विराटनगरले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले बैंकको पत्र नै कार्यान्वयन नगर्न/नगराउन भन्दै गरेको माग बमोजिमको अन्तरिम आदेश दिन भने अदालतले अस्विकार गरेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफलका लागि अदालतले दुवै (बैंक र प्रसाईं) पक्षलाई असार २० गते बोलाएको छ ।

बैंकले २०८० बैशाख १ गते दिएको पत्र ऋण तिर्न भन्दै प्रसाईंलाई गरेको ताकेताअनुसार प्रसाईंले ऋण नतिरे बैंक ऋण असुलीको प्रक्रियामा जान्छ । त्यसो हुँदा प्रसाईं कालोसूचीमा पर्ने सम्भावना प्रवल रहन्छ । सोही डरले प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन खारेजीको माग गर्दै अदालत पुगेका थिए । तर, अदालतले प्रसाईंको माग बमोजिमको आदेश दिन अस्विकार गरेको छ ।

यसो त प्रसाईंको कुमारी बैंक मात्र होइन नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थामा ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण रहेको छ । प्रसाईंले गत पुसदेखि कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफूले लिएको ऋणको साँवा–ब्याज तिरेका छैनन् । तर, हाल उनी बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गर्दै हिँडेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: