×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोराही सिमेन्ट प्रकरणः स्वीकृत भइसकेका आवेदन रद्ध वा थपघट गर्न बोर्डले बाटो खुलायो, आवेदन सच्याउन के गर्ने ?

PRIME CA

घोराही सिमेन्ट प्रकरणः स्वीकृत भइसकेका आवेदन रद्ध वा थपघट गर्न बोर्डले बाटो खुलायो, आवेदन सच्याउन के गर्ने ?

२१ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । घोराही सिमेन्ट प्रकरणमा नेपाल धितोपत्र बोर्डले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमार्फत बोर्डले कम्पनीको आईपीओमा आवेदन दिएर स्वीकृत भइसकेका आवेदनसमेत लगानीकर्ताले चाहेमा रद्ध गर्न वा थपघट गर्न सक्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डका अनुसार हालसम्म कम्पनीको आईपीओमा ३ अर्ब ६१ करोड रकम स्वीकृत भएर होल्ड भएको छ । घोराही सिमेन्टको आईपीओमा आवेदन दिएर आवेदन स्वीकृत भइसकेका लगानीकर्ताले आफ्नो लगानी रद्ध गर्न वा थपघट गर्नुपरे आफ्नो रकम रहेको बैंकलाई जानकारी गराउनुपर्नेछ ।

बैंकले हाल होल्ड गरेको रकम लगानीकर्ताको आग्रह अनुसार खुला गरिदिएपछि मात्रै ‘मेरो सेयर’ मार्फत लगानी संशोधन (इडिट) गर्न सकिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् । प्रतिवेदनमार्फत बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले लगानीकर्तालाई यस्तो संशोधनको लागि तीन दिनको समय दिन समेत भनेको छ ।

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकहरूमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: