×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडी ट्रेडर्सको गोदामबाट साढे ११ सय थान ‘ब्रेक शु’ बरामद, आधाभन्दा धेरैबाट सुन झिकिसकेको खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रेडी ट्रेडर्सको गोदामबाट साढे ११ सय थान ‘ब्रेक शु’ बरामद, आधाभन्दा धेरैबाट सुन झिकिसकेको खुलासा !

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले रेडि ट्रेडर्सको गोदामबाट साढे ११ सय थान ‘ब्रेक शु’ बरामद गरेको छ । विभागले बुधबार कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ११ सय ६२ थान ‘ब्रेक शु’ बरामद गरेको हो ।

बरामद गरिएका ‘ब्रेक शु’ मध्ये आधाभन्दा धेरैबाट सुन निकालिएको पाइएको प्रारम्भिक परिक्षणबाट खुलेको छ । हाल बरामद गरिएका ‘ब्रेक शु’हरु ल्याब परिक्षणका लागि भन्सार विभागमा पठाइएको छ ।

रेडी ट्रेडर्सको गोदामबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलोसमेत बरामद गरिएको विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार कम्पनीको गोदामबाट ६६ वटा प्योकटमा ११ सय ६२ थान ‘ब्रेक शु’ बरामद गरिएको छ ।

विभागका अनुसार रेडि ट्रेडर्सले २०७९ चैत्र १९ गतेदेखि २०८० साउनसम्म १ हजार ३ सय १७ किलो ‘ब्रेक शु’ आयात गरेको पाइएको छ । बुधबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी