काठमाडौं । गृहमन्त्री नारायकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीईओहरुलाई रात्रिभोजमा निम्तो गरेका छन् । बैंकका सीईओहरुसँगै ‘गुड फ्राइडे’ मनाउने भन्दै गृहन्त्री श्रेष्ठले सबै बैंकका सीईओलाई शुक्रबार साँझ ७ बजे आफ्नै निजी निवासमा रात्रिभोजका लागि निम्ता गरेका हुन् ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतीका बारेमा बैंकरहरुसँग अनौपचारिक गफगाफका लागि रात्रिभोजको आयोजना गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उनको निजी सचिवालयका अनुसार बैंकरहरुसँगको रात्रिभोजको मुख्य उद्धेश्य भनेको कठिन परिस्थितिमा पनि सरकार छ है भन्ने सन्देश दिनु हो ।
बैंकरसँगको रात्रिभोजमा बैंकका सीईओहरु र गृहमन्त्रीबीच देशभर बैंक तथा वित्तीय संस्थाविरुद्धको अराजक गतिविधि र कर्मचारीमाथि हुने÷भएका दुव्र्यवहारका विषयमा पनि बैंकरहरुसँग खास छलफल हुने बताइएको छ ।
गृहमन्त्री श्रेष्ठले बैंकका सीईओहरुलाई मन्त्रालयमा बोलाउँदा छलफल औपचारिक हुने भएकाले अनौपचारिक छलफल गरी वास्तविक कुरा बुझ्नका लागि निजी निवासमा निम्तो गरेको उनको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्