×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीसँग बैंकरको ‘डिनर मिटिङ’, सीईओहरुको ब्रिफिङप्रति गृहमन्त्री पोजेटिभ, अराजक गतिविधि रोक्न एक्सन लिने !

अर्थ सरोकार

प्रकाशित मिति : २३ असार २०८०, शनिबार

PRIME CA

गृहमन्त्रीसँग बैंकरको ‘डिनर मिटिङ’, सीईओहरुको ब्रिफिङप्रति गृहमन्त्री पोजेटिभ, अराजक गतिविधि रोक्न एक्सन लिने !

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बैंकरबीच बृहत छलफल भएको छ । शुक्रबार सबै वाणिज्य बैंकका सीईओहरुलाई ‘डिनर’का लागि बोलाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय बैंकमा देखिएको समस्याका बारेमा बैंकका सीईओहरुसँग बृहत छलफल गरेका हुन् ।

शुक्रबार बैंकरहरुसँग ‘गुड फ्राइडे’ मनाउन भन्दै आफ्नै निजी निवासमा बैंकका सीईओहरुलाई बोलाएका मन्त्री श्रेष्ठले उनीहरुबाट बैंकको समस्याका बारेमा जानकारी लिए । उनले बैंकरका कुरा सुनेनन् मात्र, बरु बैंकका सीईओहरुमार्फत आएका सुझावहरुलाई कार्यान्वयनमा ल्याउने बाचा समेत गरेका छन् ।

‘उहाँको निजी निवासमा पुग्दा गृहमन्त्री ज्यू आफैले स्वागत गर्नुभयो । हाम्रा समस्या÷कुराहरु सुन्नुभयो र बैंक र बैंकका कर्मचारीको सुरक्षार्थ केही खास प्रतिवद्धता पनि गर्नुभयो ।’, गृहमन्त्रीको डिनरमा सहभागी एक बैंकका सीईओले भने, ‘गृहमन्त्री आफैले बोलाएर बैंकरसँग छलफल गरेको इतिहासमै पहिलो पटक हो । उहाँसँगको फ्राइडे साच्चै ‘गुड फ्राइडे’ भयो ।’

गृहमन्त्रीको निजी निवासमा साँझ ७ बजेदेखि सुरु भएको खानपिन राती ११ बजेसम्म चलेको थियो । सो अवसरमा बैंकका सीईओहरुले बैंकविरुद्ध चलेको आन्दोलन, कार्यालयमा हुनेगरेको तोडफोड, कर्मचारीमाथि भएका दुव्र्यवहारका बारेमा ब्रिफिङ गरेका थिए । उनीहरुले सहकारी, लघुवित्त र बैंकमा दुर्गा प्रसाईं लगायतको आन्दोलनले परेको प्रभावका बारेमा पनि जानकारी गराएका थिए । बैंकविरुद्धको अराजक गतिविधिका कारण बैंकिङ क्षेत्र नै त्राहिमाम बनेको भन्दै बैंकका सीईओहरुले गृहमन्त्रीसँग सुरक्षा प्रबन्ध मिलाउन माग गरेका थिए ।

बैंकका सीईओहरुको ब्रिफिङपछि गृहमन्त्री श्रेष्ठले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने वा भईरहेका गतिविधिप्रति गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बैंकिङ प्रणालीमा देखिएको परिस्थितिबारे सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताएका मन्त्री श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको साथमा सरकार रहेको भन्दै ढाडस समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: