×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिए अवार्ड: १५ संस्था सम्मानित, सिद्धार्थ बैंक र मुक्तिनाथले ‘गोल्ड अवार्ड’ पाउँदा अरुले कसले के पाए ? (फोटो-कथा)

PRIME CA

बिपिए अवार्ड: १५ संस्था सम्मानित, सिद्धार्थ बैंक र मुक्तिनाथले ‘गोल्ड अवार्ड’ पाउँदा अरुले कसले के पाए ? (फोटो-कथा)

६ श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्धारा आयोजित ‘नेसनल बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०२२’ बाट विभिन्न ८ बैंक सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आईक्यानले उत्कृष्ट वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने आठ बिपिए अवार्डद्धार सम्मान गरेको हो ।

आईक्यानले विभिन्न ४ विधा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा, निर्माण क्षेत्रमा अवार्ड प्रस्तुत गरेको थियो जसअन्तर्गत पहिलो विधा बैंकिङमा सर्वोत्कृष्ट ठहर भएको सिद्धार्थ बैंक ‘गोल्ड अवार्ड’द्धारा पुरस्कृत भएको छ । त्यस्तै, सोही विधा अन्तर्गत नबिल बैंक लिमिटेडले ‘सिल्भर अवार्ड’ पाएको छ भने नेपाल एसबिआई बैंकले ‘ब्रोन्ज अवार्ड’ र माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएका छन् ।

त्यस्तै, दोस्रो विधा वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु)मा मुक्तिनाथ विकास बैंक सर्वोत्कृष्ट ठहर हुँदै ‘गोल्ड अवार्डद्धारा सम्मानित भएको छ । योसँगै ‘सिल्भर अवार्ड’बाट कर्जा सूचना केन्द्र, ‘ब्रोन्ज अवार्ड’बाट लुम्बिनी विकास बैंक र ‘सर्टिफिकेट अफ मेरिट’बाट क्रमशः महालक्ष्मी विकास बैंक, नेपाल क्लियरिङ हाउस र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक सम्मानित भएका छन् ।

यता तेस्रो शक्ति र उर्जा विधा अन्तर्गत बुटवल पावर कम्पनी ‘गोल्ड अवार्डबाट सम्मानित भएको छ । यस्तै, चौथो विधा निर्माण क्षेत्र अन्तर्गत बोटलर्स नेपाल लिमिटेड ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ भने ‘सिल्भर अवार्ड’बाट हिमालयन डिष्ट्रिलरी, ‘ब्रोन्ज अवार्ड’बाट युनिलिभर नेपाल र ‘सर्टिफिकेट अफ मेरिट’बाट बोट्लर्स नेपाल (तेराई) सम्मानित भएको छ । बिपिए अवार्डका झलकहरु तस्विरमा हेर्नुहोस्ः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: