काठमाडौं । जापान पुगेका नेपालीहरुको पारो त्यो बेला तात्यो, जब उनीहरुलाई कलेजमा भगवान गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढाइयो । कक्षा कोठामा उनीहरुले आफुलाई पढाइएको कुरा गलत भएको भन्दै आवाज पनि उठाए । तर, अझै पनि जापानका थुप्रै कलेजहरुमा पढाईने पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । र त जापानमा रहेका नेपाली विद्यार्थीहरुले सो भ्रम चिर्ने अभियानमा छन् ।
कलेजले भगवान् गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढाएपछि भगवान् बुद्ध भारतमा नभएर नेपालमै जन्मिएका हुन् भनेर चिनाउन अभियान सुरु गरेको नेपालबाट अध्ययनका लागि भन्दै जापानको हिरोसिमा पुगेका देव शमशेर मोक्तानलले बताए । ‘विश्वभरका कयौँ किताबहरुमा गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रम फैलाइएको छ । हामीलाई पनि त्यही पढाईयो ।’, उनले भने, त्यसैले हामीले भगवान् गौतम बुद्ध भारतमा नभएर नेपालमा जन्मिएका हुन् भनेर चिनाउनका लागि अभियान सुरु गरेका हौँ ।’
त्यस्तै, अध्ययनकै लागि जापान पुगेका अर्का विद्यार्थीले पनि आफूलाई कलेजमा बुद्ध भारतमा जन्मिएका हुन् भने पढाइएको बताए । आफू र आफूजस्तै अन्य विद्यार्थीलाई पनि जापानमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर गलत पढाईंदै आएको बताउँदै उनले यसलाई परिवर्तन गर्न अभियान थालेको बताएका छन् ।
र जापानको हिरोसिमामा रहेको हिरोसिमा म्युजिएममा अर्थ सरोकार टिम पुग्दा त्यहाँ हामीले नेपाली विद्यार्थीहरु गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्दै ब्यानर लिएर पुगेका देख्यौँ । आखिर यस विषयमा उनीहरु के भन्छन् त ? (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्