×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ललिता निवास प्रकरण राम्रोसँग बुझेको छैन’ : केपि ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘ललिता निवास प्रकरण राम्रोसँग बुझेको छैन’ : केपि ओली

Artha Sarokar

१७ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् । आइतबार प्रतिनीधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

ललिता निवास प्रकरणबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रोसँग बुझेको छैन । के गरिरहेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ । ’

त्यस्तै कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखेका थिए । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप लगाएका छन् । ‘नामकरणको विषयमा हाम्रो मान्यहरुलाई आक्रमण भईरहेको छ भन्ने विषयमा हाम्र्रो ४० को संख्या छ ।’ उनले भने ‘८६ कि कतिले पास गरे, अनि कांग्रेस कहाँ गयो ? माओवादी कहाँ गयो ? जसपा कहाँ गयो? भागे हैन सबै ? तर हाम्रो पार्टी भाग्दैन । ’

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी