काठमाडौं । लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समिति प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । उनले भने ‘हामी लगातार आन्दोलनमा छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी सडकमै हुन्छौं । हाम्रो १७ जना साथीहरु हिरासतमा छन् । हाम्रो मागहरु सम्बोधन हुनुपर्छ ।’
घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा दुर्बयवहार गर्नेलाई कारबाही गर जस्ता मागहरु राखेका छन् । बाँकि तस्विरमा हेनुहोस :



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्