×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न मोतिलाल दुगडको दौडधुप, लक्ष्मीको लोन अर्कैमा सारी सञ्चालक बन्ने तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : २७ असार २०८०, बुधबार

PRIME CA

‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न मोतिलाल दुगडको दौडधुप, लक्ष्मीको लोन अर्कैमा सारी सञ्चालक बन्ने तयारी !

काठमाडौं । लक्ष्मी र सनराइज बैंकको मर्जरपछि बन्ने ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको दौडधुप बढेको छ । दुगडले लक्ष्मी बैंकमा ऋण तिर्नै बाँकी रहेको देखिएपछि मर्जरपछि बन्ने नयाँ बैंकको सञ्चालक बन्न नपाउने हुँदा दोडधुप बढाएका हुन् ।

दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएका छन् । जसका कारण राष्ट्र बैंकले उनलाई मर्जरपछि बन्ने ‘लक्ष्मी सनराइज’को सञ्चालक बन्न रोकेको थियो । लक्ष्मीबाट उपयोग गरेको ऋण भुक्तानी नगरेसम्म दुगड ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न अयोग्य ठहरिनेछन् । यही कारणले हच्किएका दुगड हाल लक्ष्मीको लोन सेटलमेन्ट गर्न दौडधुप गरिरहेका छन् ।

लक्ष्मीमा ऋण भएका दुगड सञ्चालक बन्न नपाउनेसहित १८ वटा सर्तसहित राष्ट्र बैंकले असार २२ गते लक्ष्मी र सनराइन बैंकलाई एकीकृत कारोबारको अन्तिम स्वीकृति प्रदान गरेको छ ।

तर, कसैगरी पनि लक्ष्मी सनराइजको सञ्चालक बन्छु भन्ने ढिपी कसेका दुगड अहिले लोन सेटलमेन्टका लागि विभिन्न बैंक धाउने गरेका छन् । लक्ष्मी बैंकमा रहेको करिब ३ अर्ब ऋण सार्नका लागि उनले विभिन्न बैंकसँग छलफल गरेको नाम नबताउने सर्तमा एक वाणिज्य बैंकका सीईओले बताएका छन् । ती सीईओका अनुसार हाल दुगडको लक्ष्मी बैंकमा रहेको ऋण सार्नका लागि फाइल अध्ययन गर्ने काम भइरहेको छ । ‘हामी अहिले उहाँको फाइल अध्ययन गर्दैछौँ ।’, ती सीइओले भने, ‘सबै कुरा ठिक छ भन्ने लागेपछि प्रक्रिया अघि बढाउछौँ ।’

३ असारमा सनराइज बैंकको विशेष साधारणसभाले मर्जरपछि बन्ने ‘लक्ष्मी सनराइज’को सञ्चालकमा सनराइज बैंकका तर्फबाट मोतिलाल दुगड, सञ्चालकद्धय बच्चराज टेडार र मालचन्द्र दुगडलाई प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकको अवरोधपछि उक्त लिस्टबाट मोतिलाल दुगडको नाम हटेको छ । यद्यपी हालसम्म बैंकले उनको ठाउँमा कसलाई पठाउने भन्ने टुँगो लगाएको छैन । तर, दुगड एकीकृत कारोबार मिती २८ असारभित्रै लोन सेटल गरी सञ्चालक बन्ने तयारीमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: