Skip to content
LAXMI SUNRISE BANK

बजार समयमा मौद्रिक नीति सार्वजनिक गरेर राष्ट्र बैंकले ठिक गर्यो त ? जानकार भन्छन्- ‘हदैसम्म मनपरी भयो’

अर्थ सरोकार

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्यो । दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले धितोपत्र कारोबार समयमै सार्वजनिक गरिदियो ।

कारोबार भईरहेको समयमा २ नबज्दै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको छ, जुन सेयर बजारको हितमै देखिन्छ । तर, राष्ट्र बैंकले कारोबारमा समयमा मौद्रिक नीति सार्वजनिक गरेर पूँजी बजार प्रभावित पारेको जानकारहरुको भनाई छ ।

यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समय नै गलत भएको नियामक नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताएका छन् । ‘मौद्रिक नीति ठिक छ वा छैन ? त्यो आफ्नो ठाउँमा छ । तर, कारोबार समयमै बजार प्रभावित पार्ने गरी मौद्रिक नीति सार्वजनिक हुनु साह्रै गलत भयो ।’, बोर्डका ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘कारोबार समयमा धितोपत्र मूल्यमा असर गर्ने कुनै पनि निर्णय गर्न मिल्दैन । यसमा राष्ट्र बैंकले हदैसम्मको मनपरी गर्यो । जे भयो गलत भयो ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जामा विद्यमान जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK